तोडफोड र आगजनीमा संलग्न गाउँपालिकाकी उपाध्यक्ष पक्राउ

Hawai fair 1

पर्सा । पर्साको जिरा भवानीपुर गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी पक्राउ परेकी छिन् । मोबाईल चोर दुईजना र एउटै मोटरसाईकलमा सवार मापसे गरेका चारजनालाई छुटाउन प्रहरी कार्यालयमै तोडफोड गरेको आरोपमा प्रहरीले चौधरीलाइृ पक्राउ गरेको हो ।

पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानिय र प्रहरीबीच झड्प हुँदा सोमबार विहान गोली चलेको थियो । ति भारतीय नागरिक र मोवाइल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानीय र प्रहरीबिच झडप हुँदा पाँच प्रहरी घाईते भएका थिए ।

दुई सय ५० जनाभन्दा बढी स्थानियको नेतृत्व गरेर ईलाका प्रहरी कार्यालय पुगेकी चौधरीको समूहले स्थानियले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाईकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाइदिएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानियले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतो लाई चेकजाँचका क्रममा मापसे गरेको र भारतिय नम्बर प्लेटको मोटरसाईकलमा चार जना सवार रहेको फेला पारेपछी आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उपाध्यक्ष चौधरीकै निर्देशन र उक्साहटमा इलाका प्रहरी कार्यालय सेढवामा आक्रमण भएको प्रहरीको ठहर छ । उनलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस