आँफैलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासाचार्य पक्राउ

Shreeniwas

काठमाडौं । धर्मगुरु श्री निवासाचार्यलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी विराटनगरमा गोली लागेर घाइते भएका थिए । गोली प्रहारको घटना उनी आफैंको योजनामा घटाइएको अनुसन्धानबाट खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले हिन्दुराज्यको पक्षमा लबिङ गर्दै आएका छन् ।

तर, केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको श्रीनिवासाचार्यले प्रहरीलाई बयान दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए । उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीपनि पक्राउ परेका छन् । उनीमाथि चैत २४ गते मोरङमा गोली प्रहार भएको थियो ।

चौधरी र अधिकारीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक बिसीले बताए । आचार्यलाई कुन मुद्दा लगाउनेबारे छलफल भइरहेको उनले सुनाए ।

तीनै जना पक्राउ परे पनि गोली हान्न प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गर्न सकेको छैन । सुनसरीको चकरघट्टी घर भई विराटनगरस्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १ः४५ बजे गोली प्रहारबाट घाइते भएका थिए ।

न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर उनी काठमाडौं गएका थिए । पुराण आयोजक समितिका अनिता ढकालले दिएको उजुरीका आधारमा मोरङ प्रहरी छानबिन सुरु गरेको थियो ।

आचार्यले हातमा गोली हान्न भनेको तर गल्तीले छातिमा गोली लागेको चौधरीले बताए । गोली हानेपछि पनि ७÷८ दिनसम्म चौधरी आचार्यसँगै बसेको प्रहरी उपरीक्षक बिसीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...