उमेर नपुगी गर्न लागेको विवाह बदर

Child marriage

डोल्पा । यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको विवाहलाई प्रहरीले बदर गरिदिएको छ

त्रिपुरासुन्दरी नगरपालिका वडा न ४ रङ्ग निवासी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वडा नं २ रुम निवासी १८ वर्षीय गोविन्द बुढाबीच हुनै लागेको विवाह त्रिपुराकोट प्रहरी चौकीेले बदर गरिदिएको हो ।

उमेर नपुगेकी १५ वर्षीया छोरीलाई ललाइफकाइ यही वैशाख २१ गते राति उनको घरबाटै विवाहका लागि भगाएर लगेकाले कारवाही गरी विवाह बदर गरी पाउँ भनी बालिकाका बुबा पुनबहादुर बुढाले भोलिपल्ट उक्त प्रहरी चौकीमा निवेदन दिए ।

तेस्रो दिन दुबै पक्षका अभिभावकलाई बोलाइ छलफल गराउँदा उमेर नपुगेको पाइएपछि सोमबार हुने भनिएको विवाह बदर गरी उमेर नपुगेसम्म विवाह नगर्न र गरेको पाइएमा कारवाही गरिने कागज गराएर उनीहरूलाई आ–आफ्ना अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक रोमहर्ष सिजवालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...