आईपीएल : राजस्थानमाथि पन्जाबको जित

Ipl panjab

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब विजयी भएको छ। आइबार राति भएको खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनाएको थियो। १५३ रनको लक्ष्य पाएको पन्जाबले केएल राहुलको ८४ रनको मद्दतमा १८ ओभर ४ बलमा लक्ष्य हासिल गर्यो।

यस्तै लोकेश राहुलले ८४ रन बनाए भने करुन नायरले ३१ तथा मार्कुस स्टोनीसले २३ रनको योगदान गर्दै टिमलाई जिताए।

उता राजस्थानका लागि जोश बटलरले सर्वाधिक ५१ रन बनाए। सञ्जु समसनले २८ रन जोडे। बेन स्टोक्स १२ र राहुल त्रिपाठीले ११ रन बनाउनु बाहेक अन्य खेलाडी पञ्जाबका बलरसामु निरिह बने।

बलिङतर्फ मुजिबर रहमानले सर्वाधिक ३ तथा एन्ड्रयु टायले २ विकेट लिए। रभीचन्द्र अश्वीन, अंकित राजपूत, अक्षर पटेलले समान १–१ विकेट लिए।

यो जितसँगै पन्जाब १२ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ। नवौ खेलमा छैठौं हार व्यवहोरेको राजस्थान भने पुछारमा छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...