सलमान खान अदालतमा पेश हुँदै

Salman khan

काठमाडौं । कालो हरिण शिकार गरेको आरोप लागेका बलिउड नायक सलमान खान सोमबार पुनः अदालतमा पेश हुँदैछन् । यसअघि उनी जोधपुर अदालतबाट जमानत पाएर छुटेका थिए ।

सन् १९९८ को यो घटनामा सलमानलाई दोषी पाइएको छ र उनलाई पाँच वर्षको सजाय सुनाइएको थियो । आजको सुनुवाईका क्रममा उनका वकिलले अदालतसँग सलमान खानको सजायँ रद्द गर्न आग्रह गर्ने बताइएको छ ।

फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानले कृष्णसारको शिकार गरेको पुष्टि भएको थियो । यद्यपी, उनलाई सजायँ सुनाइएको दुई दिन पछि नै उनले जोधपुर अदालतबाट जमानत पाएका थिए ।

सलमानबाहेक अन्य आरोपी तब्बू, सेफ अली खान, निलम कोठारी र सोनाली बेन्द्रेलाई निर्दोष पाइएको थियो । सलमानलाई सन् २००६ मा पनि यो मुद्दामा दोषी पाइएको थियो तर एक वर्षपछि नै उनको सजायँ रद्द गरिएको थियो र सन् २००८ मा उनीविरुद्ध पुनः मुद्दा दर्ता भएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...