सर्बियाका उपप्रधानमन्त्री र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

Bidhya devi

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डेसिसबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न सर्बियाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री डेसिस आइतबार दिउँसो सितल निवास पुगेका थिए ।

राष्ट्रपति र उप्रधानमन्त्रीको भेटमा दुई राष्ट्रबीच आपसी हितका बिषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपाल र सर्बिया सरकाaका उच्चपदस्थ अधिकारीका साथै नेपालका लागि उक्त मुलुकका गैरआवासीय राजदूतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस