नेपाली सेनाले हात पार्यो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपको उपाधि

Army second shito ryu competition

खोटाङ । खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ । सेनाले ९ स्वर्ण, ५ रजत र २ कास्यसहित पहिलो स्थान ओगटेको हो।

नेपाल सितोरियो कराँते संघको आयोजनामा दिक्तेलको माटिकोरे खेलमैदानमा भएको प्रतियोगितामा पाहुना टोली भारतले २ स्वर्ण, ४ रजत र ५ कास्यसहित दोश्रो स्थान प्राप्त गरेको छ। शनिबार सम्पन्न तीन दिवसीय प्रतियोगितामा १ कास्यसहित पाहुना टोली श्रीलंकाले तेश्रो स्थान प्राप्त गरेको आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए।

प्रतियोगितामा नेपालकातर्फबाट नेपाली सेनाले पुरुष कुमितेतर्फ ४५ केजी समुहमा स्वणीम मानन्धर, ४५ केजी समुहमा साजन मोक्तान, ४० केजी महिला कुमितेमा बुद्धलक्ष्मी तामाङ, ६१ केजी समुहमा सम्झना घिसिङ, ६७ केजी समुहमा विभुषा थापा, एकलकाँतातर्फ डम्बर आले मगर तथा महिला र पुरुष टिम काँतामा स्वर्ण पदक जितेका छन्। यस्तै, भारतका लागि महिला एकलकाँतामा भन्सीका तन्वार र ५० केजी कुमितेमा अर्पणा चाहानले स्वर्ण जितेकी हुन्। श्रीलंकाका लागि कुमिते ६० केजी तौल समुहमा आरएनआइजी पाथारभाकलेले एक मात्र कास्य पदक दिलाएको आयोजकले जनाएको छ। 

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः ७० हजार, ३५ हजार र २५ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगीताका बिजेता टिमलाई प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ, निर्णायक टोलीका संयोजक राजेन्द्र कपाली लगायतले पुरस्कार प्रदान गरेका छन्। प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक, उदीयमान खेलाडी लगायतलाई पनि नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिताका कारण दिक्तेल बिहिबारदेखि खेलकुदमय बनेको थियो। 

कराँते प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ३ नम्बर प्रदेश, ४ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजक सहित ९ टिमको प्रतिष्पर्धा भएको आयोजकले जनाएको छ। २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरिएको हो।

खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चन्दा उठाएरै प्रथम संस्करण सञ्चालन गरेको संघले सोही अनुसार दोश्रो संस्करणको प्रतियोगीता आयोजना गरेको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...