यस्ता छन् हात्तिबारेका रोचक तथ्यहरु, जो तपाईंलाई थाह नहुन सक्छन्

Hatti 1

हात्ती जमीनमा बस्ने सबभन्दा ठूलो जनावर हो । हात्ती ७० वर्ष सम्म जीवित रहन सक्छ । हात्ती एउटा मात्र यस्तो प्राणी हो जो उफ्रिन सक्दैन ।

हात्तीको दिमाग धेरै विकसित हुन्छन्, जुन मानिसको दिमाग भन्दा करीब ३–४ गुणा ठूलो हुन्छ तर हात्तीको शरीरको हिसाबले सानो नै हो । हात्तीको मुटू एक मिनेटमा केवल २७ पटक मात्र धडकिन्छन्, जुन मानिसको तुलनामा धेरै कम हो।

हात्तीको छाला एक इन्च मोटो हुन्छ । हात्तीको दृष्टि अपेक्षाकृत कमजोर हुन्छ तर सुँघ्ने शक्ति धेरै तेज हुन्छ । १६ वर्षको हात्ती वयस्क हुन्छ र बच्चा जन्माउन सकिन्छ ।

हात्तीनी वा ढोईले पुरै जीवनकालमा केवल चार ओटा मात्र बच्चा जन्माउन सकिन्छ । हात्तीनीको गर्भावस्था २२ महिनाको हुन्छ, जुन सबभन्दा बढी हो ।

हात्तीको दाँत स्वयंको रक्षा गर्न, सामान उठाउन र पानी फाट्न काम आउँदछ । हात्तीको चपाउने दाँतको तौल ईटाको बराबर हुन्छ । हात्तीको सुँढमा ४०,००० मांसपेशियाहरु हुन्छन् ।

हात्ती आफनो सुँडको प्रयोग पानी पिउन र वस्तुहरु उठान गर्छन् । हात्ती पनि रुन्छन्, र हाँस्छन् साथै खेल्छन् पनि । हात्ती राम्रो पौडीबाज हुन्छन् ।

हात्तीको खुट्टा थोरै गद्ददार हुन्छ, जुन तौल सम्हाल्न र छिटो दगुर्न मद्दत गर्दछ । हात्ती एक वफादार जानवर हो । हात्तीलाई मानिसको राम्रो पहिचान हुन्छ, हात्ती आफनो मित्र र शत्रुलाई कहिल्यै भुल्दैन ।

हात्तीको दाँत सुन भन्दा पनि महंगो हुन्छ । हात्तीको दाँतको लागि हरेक दिन ज्ञण्ण् हात्तीहरु मार्छन् ।

प्रतिकृया दिनुहोस