आईपीएल : मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब पराजित

Ipl..

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ।

शुक्रबार भएको खेलमा इन्दौरमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो।

मुम्बईको जितका लागि सुरेश यादवले ४२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ५७ रन बनाए। कप्तान रोहित शर्माले १५ बलमा नटआउट २४ जोडे भने क्रुणाल पाण्ड्याले ११ बलमा नटआट ३१ रनको योगदान गरे। इशान किशानले २५ तथा हार्दिक पाण्ड्याले २३ रन बनाए।

पञ्जावका लागि क्रिस गेलले सर्वाधिक ४० बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका थिए। त्यसैगरी मार्कस स्टोनिसले १५ बलमा २ चौका र २ छक्का मद्दतमा २९ रन बनाए भने लोकेश राहुलले २० बलमा २४ रन बनाएका थिए।

यो जितसँगै ९ खेलबाट ६ अंक जोड्दै मुम्बई अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ भने पन्जाब ८ खेलबाट १० अंक सहित चौथो स्थानमा छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...