सशानको निर्देशनमा र्धुमुसले गरे सबैलाई ‘पढुन लेखुन’ आग्रह (हेर्नुस् भिडियो सहित)

Dhuramas

काठमाडौँ । गायक तथा निर्देशक सशान कंडेलको नयाँ गीत आफना दर्शक श्रोतामाझ पस्कका छन् । कडेलले आफ्ना दर्शक तथा स्रोता सामु आफ्नै निर्देशनमा नयाँ गीत लिएर आएका हुन ।

कंडेलको ‘सबै जना पढुन लेखुन’ बोलको गीत लिएर आएका हुन । गीतमा रामकृष्ण ढकाल र पारु शाहीले स्वर दिएका छन् भने गोबिन्द राज बिनोदिको शब्द र बिशाल ढकालको संगीत रहेको छ ।

गीतमा सिताराम कट्टेल ‘धुर्मुस’, निर्मल शर्मा ‘गैडा’,एलिशा राई, निराजन प्रधान, सुलेमान शंकर ‘इकु’, सर्वानी पाण्डे आदि कलाकार लाई फिचरिङ गराईएको छ। यस अघि कंडेलले धेरै सफल म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । कंडेलले निर्देशन गरेका गीतहरुको म्युजिक भिडियो प्राय हिट भएका छन । जसका कारण कंडेल एक सफल निर्देशकका रुपमा चिनिएका छन् ।

यसरी चर्चा कमाएका कन्डेल यो गीतमा पनि निकै आशाबादी देखिन्छन । उनी भन्छन ‘मेरो अरु गीतहरुलाई जस्तै यस भिडियोलाई पनि दर्शक तथा स्रोताहरुले मन पराउनु हुन्छ भन्ने कुरामा म ढुक्क छु ।’

गीतले शिक्षा संबन्धित जनचेतना जगाउन धेरै सहयोग गर्ने आशा रहेको छ। उक्त गीतलाई सुलभ आधिकारीले छायांकन गरेका छन्र भने गीतलाई निशान घिमिरे सम्पादन गरेका हुन्।शिक्षा भनेको बच्चा देखि बृद्ध सम्म सबैको लागि अपरिहार्य छ भनेर एकदमै राम्रो ढंगले सशानले यस भिडियोलाइ पुर्ण रुपमा न्याय गरेका छन् । उत्कृष्ट शब्द सङितमा सजिएको यस गीतले युटुबमा हालेको दिन बाटै चौतर्फी प्रसंशा पाएको छ।

Video

प्रतिकृया दिनुहोस