तपाईको आजको राशिफल

Rasifal.1

२०७५ साल वैशाख २१ गते शुक्रबार

मेषः– अविश्वासको वातावरण हट्नेछ । मानसिक तनावमा कमी आउनेछ । आफ्ना काम भन्दा भलाईका काम बढि हुनेछन् । फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ ।

वृषः– काममा आफुले सोचे जस्तो प्रगति नहुनसक्छ । आफ्नो धन अरुको लागि खर्च हुनेछ । कार्य शिथिलता बढ्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुनः– नयाँ कामले प्राथमिकता पाउनेछ । व्यापार व्यवसायमा उन्नति प्रगतिको सम्भावना देखिन्छ । दाम्पत्य जीवनमा खुशि छाउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

कर्कटः–विना तयारी हतारमा काम नगर्नु होला । मनमा भय त्रास उत्पन्न हुनेछ । रिस, डाहा गर्ने कम हुने छैनन । मुद्धा मामिलामा जीत हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

सिंहः– जोखिम मोलेर काम नगर्नु होला । पठन पाठनमा थोरै ध्यान जानेछ । घर परिवारबाट सामान्य सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुने देखिन्छ । जोखिम पूर्ण यात्रा नगर्नु होला ।

कन्याः– पारिवारिक जमघट बढ्नेछ । समान खरीद गर्नु पर्ने अवस्था आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति होला । काम गरेर जश भने कम मिल्नेछ ।

तुलाः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुने छन् । आर्थिक क्षेत्रमा पनि उन्नति प्रगति राम्रै हुनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला ।

वृश्चिकः– लगनशिल भई काम गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । काम गर्दा मनोबल नगिराउनु होला । कारोवार गर्दा सतर्क भने हुनै पर्ने देखिन्छ । नोकरी तथा राजनीतिबाट लाभ लिन सकिनेछ ।

धनुः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । गरेका काम सहज र सरल तरिकाबाट सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । धन दिने काम नगर्नु होला ।

मकरः– फजुल खर्च बढ्न सक्छ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गरेर जश भन्दा अयश बढि मिल्नेछ । यात्रा गर्दा सतर्क रहनु होला । चोटपटकको भय देखिन्छ ।

कुम्भः– स्वास्थ्य अनुकुल रहला । स्वतन्त्र व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख कम मिल्नेछ । विना सोच विचार काममा हात नहाल्नु अप्ठ्यारो पर्न सक्छ ।

मिनः– काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ ।सामाजिक इज्जत,प्रतिष्ठा बढ्ने काम हुनेछन् । अध्ययन अध्यापन कार्य धीमा गतिमा अगाडि बढ्नेछ । ठुलो व्यक्तिसँग सामिप्यता बढ्नेछ । आय आर्जन बढ्नेछ ।

प्रतिकृया दिनुहोस