डा. केसीले दिए ४ बुँदे मागसहित आन्दोलनको चेतावनी

'पूर्व प्रधानन्यायधीश गोपाल पराजुलीमाथि उचित कारवाहीको माग'

Dr. kc

काठमाडौँ । बरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसीले सरकारसँग चारबुँदे माग राख्दै पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले हाल संसदमा पुगेको चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न माग गरेका छन् । यस अगाडि विभिन्न दल, नेताको संकीर्ण स्वार्थका कारण ऐन पारित हुन नसकेपछि अध्यादेशका रुपमा जारी भएको स्मरण गराउँदै उनले संसदको आगामी अधिवेशनबाट पारित हुने विश्वास ब्यक्त गरेका छन् ।

चिकित्सा शिक्षा सम्बन्धि न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहराएका त्रिविका पदाधिकारी लगायत सबैलाई आयोगको सिफारिश बमोजिम कारवाही गरिनुपर्ने औँल्याउदै डा.केसीले त्रिविले खोसेका अधिकार चिकित्साशास्त्र अध्ययन संस्थानलाइ फिर्ता गर्दै थप स्वायत्तता दिनुपर्ने बताए ।

उनले आगामी त्रिवि सिनेट बैठकको मिति सारेर भए पनि सिनेटबाट स्वायत्तता सम्बन्धि निर्णय गर्न र चिकित्साशास्त्रको स्नातकोत्तर तहमा नाजायज रुपमा बढी शुल्क असुल्ने निजी मेडिकल कलेजहरुमाथि कारवाही गरिनुपर्ने बताएका छन् ।

पूर्व प्रधानन्यायधीश गोपाल पराजुलीमाथि छानबिन गरेर उचित कारवाहीको माग गर्दे डा.केसीले हाल प्रधानन्यायधीश नियुक्तिमा भइरहेको राजनीतिक चलखेल तुरन्त अन्त गर्दै न्यायिक मर्यादा कायम राख्ने माग समेत गरेका छन् ।

यस्तै, सरकारले माइतीघर मण्डलामा प्रदर्शन निषेध गर्ने गरी लिएको निर्णय असारसम्मका लागि रोकिएको सूचना पाएको जनाउदै डा.केसीले तुरन्त निशर्त र सधैँका लागि निषेधित क्षेत्रसम्बन्धी निर्णय फिर्ता गर्न पनि माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...