अन्तर्राष्ट्रिय कराँतेको उद्घाटन खेलमा आर्मी पहिलो

Karate

खोटाङ । दोश्रो खोटाङ हलेसी अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता खोटाङ सदरमुकाम दिक्तेल बजारमा सुरु भएको छ । नेपाल सितेरियो कराते डो संघ जिल्ला साखा डोजो खोटाङको आयोजनामा जारी प्रतियोगितामा तीन देशका १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिता आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका, हलेसी तुवाचुङ नगरपालीका, राराबेसी गाउँपालिका र ऐसेलुखर्क गाउपालीकाको बिशेष सहयोग रहेको खोटाङ सितेरियो कराते संघका अध्यक्ष सञ्जय राइले बताए ।

प्रतियोगिताको पहिलो दिन भएको महिला टिम कातामा नेपाल आर्मी क्लब पहिलो, भारतीय टोली दोश्रो तथा आयोजक टोली तेश्रो भएको छ ।

प्रतियोगिताको प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य बिसाल भट्टराइले बिहिबार उद्घाटन गरेका हुन् ।

आयोजक कमिटीका प्रमुख जिल्ला समन्वय समित खोटाङका प्रमुख बबी चाम्लीङ राइको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य राजन राइ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालीकाका प्रमुख दिप नारायण रिजाल र हलेसी तुवाचुङ नगरपालीकाका प्रमुख इवन राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस