पुष्पलाल स्मृति ब्याडमिन्टन बैशाख २६ देखि

Bad

इटहरी । नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज ७औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ ।

सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेतको सहप्रायोजन रहने उक्त प्रतियोगितामा चार सय बढी खेलाडीले ५ सय ४ वटा इभेन्ट्समा सहभागिता जनाउने कुरा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा सहभागी खेलाडीले मेन सिंगल, मेन डबल, विभेन सिंगल, विमेन डबल अण्डर १९ ब्वाइज सिंगल अण्डर १९ गल्स सिंगल र भेट्रान्स डबल इभेन्ट्सका खेल हुने प्रतियोगिता आयोजक केन्द्रीय संयोजक सुरेश कार्कीले बताए ।

सो प्रतियोगिताका विजेताका लागि नगद ट्रफ्री एवं अन्य पुरस्कारका लागि ३ लाख ६५ हजार विनियोजन गरी सोही अनुरुप पुरस्कारको व्यवस्था मिलाइएको छ ।

इटहरी ब्याडमिन्टन संघका अध्यक्ष मणिराज गुरुङ र ब्याडमन्टिन संघका केन्द्रीय महासचिव सुनिल शाक्य लगायतले पनि प्रतियोगिताका विषयमा जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...