आजदेखि लामो दुरीका बसहरु बन्द !

Old bus park

काठमाडौं । सिन्डिकेट कायमै राख्न नेपाल यायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलन अन्तर्गत आजदेखि लामो दुरीका बसहरु चल्न छोडेका छन् । महासंघको पूर्व घोषित कार्यक्रम अनुरुप व्यवसायीहरुले लामो दूरीका बस रोकेका हुन् ।

महासंघले वैशाख २१ गते देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । आज चल्ने लामो दुरीका यातायात भोली सडकमै भेटिने भएकाले आजैबाट गाडी रोकिएको व्यवसायीले बताएका छन् ।

गोंगबुस्थित बसपार्कबाट बिहान छुट्ने लामो दुरीका बसहरु छुटेपनि मध्यान्हपछि गाडी छुटेका छैनन् । कतिपय समितिले आफ्ना काउन्टरसमेत बन्द गरिसकेका छन् । 

सरकारले यायात क्षेत्रको सिन्डिकेट तोड्ने घोषणा गरेसँगै यातायात व्यवसायीहरु गाडी रोकेर आन्दोलनमा उत्रिएका हुन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट कायमै राख्न सरकारलाई घुँडा टेकाउने बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस