बुटवलका सडकमा जीतगढी किल्ला बचाउ अभियानद्धारा सडक नाटक प्रदर्शन

Jeetgadhi

बुटवल । ऐतिहासिक जीतगढी किल्ला बचाउ अभियानले बुटवलमा सडक नाटक प्रदर्शन गरेको छ ।

जीतगढी किल्लाको वास्तिवक पहिचानलाई झल्काउने गरी रक्तिम परिवारका कलाकारहरुले सडक नाटक तयार गरेका हुन् । संसारमा कोही कतै नहारेको बृटिश सेनालाई परास्त गरेर नेपाली भूमि बचाउन सफल भएको नेपाली सेनाको बिरताको लडाईलाई नाटकमा देखाईएको छ ।
ऐतिहासिक जीतगढी किल्ला बचाउ अभियानका संयोजक सन्तबहादुर नेपाली र रक्तिम सांस्कृतिक परिवारका कलाकार तथा साहित्यकार नारायण योगीको परिकल्पनामा सडक नाटक तयार गरिएको हो ।

१८७१ मा बृटिस सेनालाई अन्तिमसम्म लडेर नेपाली सेनाले जीतगढी किल्लालाई कसरी बचाउन सफल भएको थियो भन्ने भाव नाटकले झल्काएको छ । कणेल उजीर सिंहको नेतृत्वमा विरतापूर्वक लडाई लडेर बचाएको भूमिलाई सुरक्षित गरेर संसारलाई चिनाउनु पर्ने नाटकको भाव रहेको छ ।

भारतले भूतपूर्वक सैनिकहरुका लागि पेन्सन क्याम्प बनाउने नाममा विरताको गांथा बोकेको भूमिलाई कब्जा गर्ने षडेयन्त्रका बिरुद्व एकतावद्व हुन सडक नाटकले आह्वान गरेको छ । अंग्रेज सेनालाई परास्त गर्दाको क्षण र विजय मनाएको क्षणको अवस्थालाई कल्पना गरेर नाटक तयार गरिएको छ ।

संसारलाई चिनाउने र संसारका अगाडी हामी नेपाली हौं भन्न सिकाउने जीतगढी किल्लाको क्षेत्रमा भारतले आंखा लगाएका कारण त्यसका बिरुद्व नाटक बनाईएको कलाकार नारायण योगीले जानकारी दिए । ।

 सडक नाटकमा कलाकारहरु नारायण शर्मा, दलबहादुर बिक, डम्बर भण्डारी, दिलिप रसाली, शिव रोका, लक्ष्मी गुरुङ, लक्ष्मी पौडेल, कमला केसी, ज्योती फौजा, सुमन भण्डारी, रमेश केसी, सरोजमान सिंह, अमर थापा लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

सडक नाटकबाट आफ्नो देशको अखण्डता, एकताका लागि आफ्नो भूमिप्रति नेपाली जनतालाई सचेत गराईएको कलाकार नारायण शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...