रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा

Real madrid

काठमाडौं । रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २-२ को बराबरी भए पनि समग्रमा ४-३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो । पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो ।

मंगलबार भएको दोस्रो लेगमा सुरुआती अग्रता भने वायर्नले लिएको थियो । जोशुआ किमचले तीन मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । तर, ११ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा पनि दुवैले एक-एक गोल गरे । ४६ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । तर ६३ औं मिनेटमा जेम्स रोडि्रग्वेजको गोलमा वायर्न बराबरी गर्न सफल भयो ।

रियलको घरेलु मैदानमा वार्यन हावी भए पनि हार टार्न भने सकेन । बलमाथि ६० प्रतिशत नियन्त्रण जमाएको वायर्नले रियलको पोष्टमा लगातार आक्रमण गरेको थियो । तर, रियलका गोलरक्षक केइलोर नावासले बललाई जाली चुम्नबाट जोगाए र उ वायर्न सेमिफाइनलमै रोकिन बाध्य भयो ।

सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति लिभरपुल र रोमाबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फाइनलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५-२ ले हराएको थियो ।

फाइनल खेल मे २६ मा युक्रेनको किएभमा हुनेछ ।

प्रतिकृया दिनुहोस