आज कस्को भाग्य कस्तो छ, हेर्नुहोस् राशिफल

Safe imaga 1 19

मेषः– दिन प्रतिकुल छ नयाँ काममा हात नहाल्नु होला । घर डेराको समस्या पर्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । गर्न लागेका काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्नेछ ।

वृषः– मनोबल र कार्य क्षमता बढ्ने छ,आफ्नै पहलमा धेरै काम बन्ने छन् । नविन कार्यको बारेमा विचार विमर्श हुनेछ । यात्राको योग देखिन्छ । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

मिथुनः– आफन्त नै शत्रु हुन सक्छन् काम गर्दा होशियार रहनु होला । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ ।

कर्कटः– मनमा अनावस्यक कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लिनेछन् । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ ।

सिंहः– समयले विस्तारै साथ दिन छोड्नेछ । काम गर्ने जोश जागर घट्ने छ । काम गर्दा अनावस्यक झमेला आइलाग्न सक्छन् । विचार पुर्याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना छ । व्यापार घट्ने छ ।

कन्याः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । स्वास्थ्यका कारण थोरै अप्ठ्यारो पर्न सक्छ ।

तुलाः–वोलिको प्रभाव थोरै पर्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । ऋण लगानी नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि सफलता मिल्नेछ ।

वृश्चिकः–अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । अग्नि तत्व प्रधान कामबाट बढि लाभ हुनेछ ।

धनुः– आजको समय प्रतिकुल देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ ।

मकरः– नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । आज समयले पूर्ण साथ दिनेछ । काम गर्न पछि नपर्नु होला । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

कुम्भः– अधुरा काम आज बन्ने छन् । विरोधी शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्नेछ । काम गर्ने जोश जागर विस्तारै बढ्नेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

मिनः– पढाई लेखाईमा खासै ध्यान जाने छैन । धार्मिक विश्वास बढ्नेछ । अनावस्यक विषय बस्तुमा टाउको नदुखाउनु होला । वोलिलाई नियन्त्रण गरेमा नै राम्रो हुनेछ । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न ।

प्रतिकृया दिनुहोस