जेठ ५ मा अन्तर्राष्ट्रिय म्याराथन दौड हुने

Marathan

काठमाडौं । रसुवास्थित लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुने भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)को आयोजनामा हुने म्याराथन दौडमा १०० भन्दा बढी धावक सहभागी हुनेछन्।

टानका मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिँदैछ ।

लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्वसामु प्रवाह गर्ने उद्देश्यले म्याराथन दौड आयोजना गर्न लागिएको टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताए ।

विगत वर्षमा भने गोसाइँकुण्डबाट धुञ्चेसम्म दौड आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...