मेनुका र राजेशको ‘मायाको ओखती’ के रैछ हेर्नुस् त (भिडियोसहित)

Menuka rai

काठमाडौँ । सुमधुर स्वरकी धनी गायिका मेनुका राइ विशेष गरेर पुर्वेली लोकभाकाको माध्यमबाट नेपाली साङगीतिक क्षेत्रमा चिनिएकी गायिका हुन ।

पुर्वको खोटाङमा जन्मेकी राइले दर्जनौ गीतहरुमा स्वर दिइ सकेकी छन । राइले गायका गीतहर दर्शक तथा श्रोताहरुमाझ त्यति नै लोकप्रिय बन्दै गएका छन । उनै लोक प्रिय गायिका  स्वरमा सजिएको पूर्वेली लोक दोहोरी गीत ‘मायाको ओखती’ को भिडियो युट्युवमा सार्वजनिक भएको छ ।

गीतमा मंगल राइ साइलाको शब्द संकलन रहेको छ भने प्रियजन राइले संगीत भरेका छन । गीतको म्युजिक भिडियोलाई प्रियजन राइले निर्देशन गरेका हुन । भिडियोमा समीर राइ र मनिता राइलाई फिचरिङ गरिएको छ ।

गीतको म्युजिक भिडियोले पूर्वको लोक सास्कृतिमा ज्वलन्त बनाएको छ । निकै आकर्षक तरिकाबाट बनाएको गीतको भिडियो सबैको रुचीको विषय बन्ने देखिन्छ ।
भिडियो हेर्नुहोस

Video

प्रतिकृया दिनुहोस