अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

Runing

रसुवा । लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल टानका मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिँदैछ ।

लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्वसामु प्रवाह गर्ने उद्देश्यले म्याराथन दौड आयोजना गर्न लागिएको टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताए ।

लाङ्टाङ क्षेत्रमा दोस्रो पटक हुने म्याराथन दौडमा १ सय भन्दा बढी धावक सहभागी हुनेछन् । विगत वर्षमा भने गोसाइँकुण्डबाट धुञ्चेसम्म दौड आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...