७९ वर्षीया वृद्धामाथि सामुहिक बलात्कार

Rape 4

काठमाडौं । इलाममा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । रोङ गाउँपालिका–१, शान्तिपुरमा सोमबार राति अज्ञात समूहले बलात्कार गरेको हो ।

बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको छ ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीको एक टोली घटनास्थलतर्फ गएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस