सर्वाधिक महंगो ‘महाभारत’मा द्रोपदीको खोजी

Amir khan

मुम्बई । आमिर खानले धेरै पहिला महाभारतको कृष्ण आफ्नो सबैभन्दा मन पर्ने चरित्र भएको बताएका थिए।

आजभोलि उनले महाभारत बनाउने तयारी गरेका छन् र तय छ आमिरले कृष्णको भूमिका निभाउने छन्।फिल्ममा थुपै्र कलाकारको अभिनय रहनेछ तर अरु कलाकारभन्दा पनि आमिर खानलाई द्रौपदी कसलाई बनाउने चिन्ता छ । धेरैले दीपिका पादुकोणले यो भूमिका निभाउन सक्ने चर्चा गरेका छन्।

तर, दीपिकाले फिल्म गर्ने नगर्ने तय गरिसकेकी छैनन् । तर आमिरको इच्छा छ, दीपिकाले नै यो भूमिका निर्वाह गरुन् । महाभारत अहिलेसम्मकै महंगो बजेटमा बन्न लागेको भारतीय फिल्मको रुपमा चर्चित छ।

फिल्मको बजेट हजार करोड बताइएको छ । त्यसैले आमिरले फिल्मको भूमिकामा दीपिका सुहाउने भएकाले उनलाई मनाउने प्रयास गरिरहेका छन् ।
दीपिकाले फिल्म गर्ने नगर्ने विषयमा निर्णय लिन समय लिइरहेकी छिन् । यसको पछाडि ‘पद्मावत’ मुख्य कारक मानिएको छ । ‘पद्मावत’ लामो समयसम्म विवादमा परेकाले दीपिका फेरि कुनै त्यस्तो फिल्मसँग जोडिन चाहान्नन् जुन भविष्यमा विवादित बन्न सक्छन् । उनले आइन्दा इतिहास जोडिएका फिल्म नगर्ने पनि मनस्थिति बनाएकी छिन्।

फिल्म फ्लोरमा नजाँदै एक पटक विरोधका चक्करमा फसिसकेको छ । मुस्लिम आमिर खानले कृष्णको चरित्र निर्वाह गर्न लागेको भन्दै केही हिन्दूवादी संगठनले विरोध गरिसकेका छन् । तर विरोध गर्नेहरुले के बिर्सिए भने कुनैबेलाको चर्चित टिभी सिरियल ‘महाभारत’ का लेखनको काम राही मासुम राजा पनि मुस्लिम नै थिए।केहीले यसपछि आमिरले कृष्णको भूमिका निभाउने अर्को कलाकार खोजिरहेको पनि दाबी गरेका छन् ।

फिल्मको प्रडक्सनको काम भने सुरु भइसकेको छ । फिल्म सकिन चार पाँच वर्ष लाग्ने धेरैको अनुमान छ । आमिर खानले त फिल्म बन्न पन्ध्र बीस वर्ष लाग्न सक्ने भन्दै आफूलाई डर लागिरहेको बताएका थिए ।‘पद्मावत’ पछि दीपिकाले कुनै पनि फिल्म साइन गरेकी छैनन् । यही वर्षको अन्तिममा दीपिकाले रणवीर सिंहसँग विवाहको योजना बनाइरहेको र त्यही अनुसार खाली बसेको धेरैको अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...