सिण्डिकेट र भ्रष्ट्राचार अन्त्य गरेरै छोड्छु : प्रधानमन्त्री ओलीे

Kkp

बुटवल । प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रदेश ५ को बैठकलाई सम्बोधन गर्दै मुलुकमा सिण्डिकेट र भ्रष्ट्राचार अन्त्य हुने बताए ।

‘सरकारले राष्ट्रको अहित हुने, जनताको अहित हुने कुनै पनि कार्यप्रति संझौता गर्दैन, त्यस्ता कार्य गर्नेहरुसँग झुक्दैन’ उनले भने, ‘सिण्डिकेट र भ्रष्ट्राचार अन्त्य गरेरै छोड्छ ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार ‘जनतावाट फूलचाजर्’ भएको उल्लेख गर्दै पिलपिल नगर्ने बताए । समृद्ध विकासका लागि सरकार लागि परेको भन्दै उनले समृद्धिको यात्रामा तीन वटै सरकार लाग्नुको विकल्प नरहेको प्रष्ट्याए । ओलीले मुलुकलाई समृद्ध पार्न दुबै छिमेकीसँग सम्बन्ध समधुर राख्दै अगाडि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस