माईभ्याली गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

Football my vally

इलाम । इलाममा जारी माईभ्याली गोल्डकप फुटबलको शुक्रबार भएको खेलमा नेपाल पुसिल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै थ्रीस्टार क्लब को सेमिफाइनल पुगेको छ ।

बिहीबार अन्तिम क्वाटरफाइनलमा निर्धारित र थप समयको खेल १–१ गोलको बराबरी भएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको हो ।

खेलको २६ औं मिनेटमा नरकुमार राईको पास उपयोग गर्दै रेजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । खचाखच दर्शकबीच रोचक खेलको ७४ औं मिनेटमा रजिन धिमालले थ्रीस्टारलाई खेलमा फर्काए । रजिनले फ्रिकिकमार्फत आकर्षक गोल गरेका थिए ।

अतिरिक्त समयमा थप गोल हुन नसकेपछि टाइब्रेकरमा थ्रीस्टारले पुलिसको चुनौती पन्छायो ।

थ्रीस्टारका विमल घर्तीमगर, रजिन धिमाल, रुपेश केसी र नीराजन खड्काले गोल गरे । सुनील बलको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए । वैकल्पिक गोलरक्षक रोशन थप समय सकिन एक मिनेट बाकी रहँदा शत्रुधन चौधरीको स्थानमा मैदान छिरेका थिए ।

पुलिसबाट तेज तामाङ, रेजिन सुब्बा र दिनेश राजवंंशीले गोल गरे भने सुमन लामा र हेम तामाङको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले विफल पारेपछि पुलिसको यात्रा रोकिएको थियो ।

खेलको म्यान अफ द म्याच गोलरक्षक एलन न्यौपाने घोषित भए । थ्रीस्टार खेलमा फर्किएको केही क्षणमा पुलिसका प्रशिक्षक अनन्तराज थापाले फोर्थ अफिसियललाई धकेलेपछि एकछिन खेल स्थगित भएको थियो । अफिसियलले थापालाई प्लेयर बक्सबाट स्टेजमा पठाएपछि ८ मिनेटको स्थगनपछि खेल सुरु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...