बढ्दै चिनिया नागरिक, फरार अभियुक्त देखि मगन्ते सम्म

Chinies

काठमाडौं । पछिल्लो समय नेपालमा चिनिया नागरिकको संख्या बढ्दै जान थालेको छ । कतिपय चिनियाहरु चिनमा विभिन्न अबैध गतिविधि गरी नेपाल भित्रिने गरेका छन् भने कतिपय मगन्तेहरु समेत नेपाल आएर हात फैलाउन थालेका छन् ।

हालै चिनमा ठुलो आर्थिक अनियमितता गरी नेपाल आएर लुकिबसेकी एक चिनिया महिला पक्राउ परेकी छन् । उनलाई अध्यागमन विभागले निष्काशन गर्ने निर्णय गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासको विशेष आग्रहमा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकी चिनियाँ महिला झाङ गायुनलाई अध्यागमन विभागमा बुझाएको थियो ।

विभागले ती महिलालाई भिसा नियमित गरी चीन पठाउने निर्णय गरेको हो । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा समाचार छ ।

गायुन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सर्वाधिक खोजी सूचीमा थिइने ।

चीनबाट वित्तीय अपराध गरी नेपाल भागेकाले नेपालस्थित चिनयाँ दूतावासले उनको राहदानी रद्द गरेको थियो ।

यस्तै, पछिल्लो समय मगन्तेका रुपमा समेत चिनियाहरु देखिन थालेका छन् । चिनियाँ गीत–संगीत, सारङगी र अन्य वाद्यवादन बजाउँदै–सुनाउँदै पैसा मागिरहेका अवस्थामा चिनियाँ भेटिने गरेका छन् । सर्वसाधारणको बाक्लो चहल–पहल हुने काठमाडौंको वसन्तपुर, रत्नपार्क, बालाजु, ललितपुरको जावलाखेललगायतका स्थानमा २–३ जनाको समूह र कतै भने एक्लाएक्लै पनि पैसा संकलन गर्दै आएको पाइन्छ ।

मगन्ते हुलिया र शैलीमा देखिने–भेटिनेहरू प्रायः अधवैंशे उमेर समूहका छन् । यसरी देखिने–भेटिने चिनियाँको पासपोर्ट र सरकारी अभिलेखले उनीहरूलाई मगन्ते वा भिखारी भन्दैन, उनीहरू पर्यटक हुन् ।

पर्यटक भिसामा नेपाल आउनेहरू नै मगन्तेका रूपमा भेटिने गरेका र त्यस्ता नागरिकको गतिविधि भने गैरकानुनी हो । उनीहरु जुन प्रयोजनका लागि नेपाल आउँछन्, त्यो बाहेक अरु काम गर्न पाउँदैनन् ।

तिब्बतको ल्हासास्थित वाणिज्य दूतावासमा भिसा प्रक्रिया पूरा गरी रसुवागढी, कोदारी जस्ता स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ मगन्तेका रूपमा रहने गरेका छन्। नेपालले चिनियाँ नागरिकलाई न्यूनतम एक महिना र वर्षमा अधिकतम १ सय ५० दिनको पर्यटक भिसा उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा नेपाल भ्रमण गर्ने चिनियाँलाई भिसा प्रक्रिया निःशुल्क गरेपछि स्थल नाका हुँदै नेपाल आउने चिनियाँको संख्या बढेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...