शनिलाई नपाएपछि रोएकी सुविनालाई देखेनन् शनिले कहाँ थिए त शनि ?

Sani

काठमाडौँ । चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनवारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निकै आशा लाग्दा कलाकारका रुपमा चिनिएका शनिको यो म्युजिक भिडियो भने नयाँ होइन । यस अघि पनि दुइ दर्जन जति गीतको म्यु्जिक भिडियोमा अभिनय गरिसकेका शनि विगत ३ बर्षदेखि यस क्षेत्रमा आफनो करियर डेभ्लोप गरिरहेका छन् ।

निरन्तर गीत संगीतको क्षेत्रमा लागेका शनि यतिबेला एक पछि अर्को गर्दै म्युजिक भिडियोमा नै ब्यस्त रहेका छन् । एकातिर शनिले अभिनय गरेको चलचित्र ‘एक्स्ट्रा माया’ यही जेठ २५ गते शुक्रबारका दिन हलहरुमा प्रदर्शनको तयारीमा छ ।

यता शनि भने म्युजिक भिडियोमा नै व्यस्त छन् । शनिले अभिनय गरेको गितमा भने गायिका टिका प्रसाईंको स्वर रहेको ‘भिज्यो परेली’ बोालको गीत यतिबेला युटयुवमा सार्वजनिक भएको छ । लिला शरदको शब्द, नवीन कार्कीको सङ्गीत, पुरुषोत्तम सुवेदीको सङ्गीत सम्योजन रहेको सोही गीतको भिडियोमा शनिको साथमा सुविना राना मगरलाई फिचरिङ गरिएको छ । सुविनाले यही गीतबाट नेपाली मोडलिङमा डेब्यु गरेकी हुन । पहिलो अनुभव आफुलाई सन्तोषजनक भएको सुविना बताउँछिन् । उनी अब यस क्षेत्रमा निरन्तर लाग्ने समेत बताएकी छन् ।

सार्वजनिक भएको गीतको भिडियोलाई एकान्त मगरले निर्देशन गरेको हुन । चलचित्रको निर्देशन समेत गरिसकेका एकान्त मगरले आकर्षक तरिकाबाट यस गीतलाई निर्देशन गर्नुका सार्थ कलात्मक तरिकाले निर्देशन गरेका कारण गीतको भिडियो अर्थपूर्ण रहेको छ । भिडियोलाई रनवीर मगर र इबपी मगरले छायाँकन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...