मनमोहन अधिकारीको स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Maindhakaram

काठमाडौँ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विक्रम संवत् १९७८ सालमा काठमाडौँमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उनी राजनीतिमा सक्रिय थिए । ‘भारत छोड’ आन्दोलनको क्रममा उनी बनारसमा हुदा जेलसमेत बसेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उनले कम्युनिष्ट पार्टीमा संगठित भएका थिए ।

२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उनले सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थ्एि ।  अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए । उनको नेतृत्वमा ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ ।

प्रतिकृया दिनुहोस