सेलिसा र अभियान बने च्याम्प चितवन

Selina avinay

चितवन । सेलिसा आचार्य र अभियान पौडेल च्याम्प चितवनको उपाधी हात पारेका छन् ।

प्रतियोगिताको बालिकातर्फको फष्ट रनर अफमा आयुषा काफ्ले र सेकेण्ड रनर अफमा अर्यानका केसी घोषित भए । बालकतर्फ फष्ट रनर अफमा आर्यन पोख्रेल र सेकेण्ड रनर अफमा संयोग शर्मा घोषित भए भने मिस्टर एण्ड मिस टिन चितवन २०७५ को उपाधी अनु श्रेष्ठ र आयुष पाण्डे हात पारे ।

उपाधिसगैँ नगद १५/१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, सीनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्माता दिपक खाँडसहित प्रतियोगिताकी सञ्चालक लक्ष्मी पन्तले प्रदान गरे ।

प्रतियोगितामा ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिनमा अनु र मिस्टर टिनमा आयुषले उपाधी हात पारे ।

प्रतियोगिताको टिन तर्फको फष्ट रनर अफमा एपिसा अधिकारी र सेकेण्ड रनर अफमा साहिसा सापकोटा घोषित भइन् । मिस्टरतर्फ फष्ट रनर अफमा दिवस अधिकारी र सेकेण्ड रनर अफमा सुशन जोशी घोषित भए ।

च्याम्प तर्फको अन्य विधामा मस्ट ट्यालेन्ट आयुसा काफ्ले र अनुकरणीय श्रेष्ठ, बेस्ट परफर्मेन्स सेलेस्ता आचार्य र बिध्वतमा भटराई, बेस्ट वाक युविसा रौनियार र साहीरा चुके, कन्जिनालिटी सम्रागी श्रेष्ठ र सुलभ खत्री घोषित भए ।

त्यस्तै मस्ट डिस्सिप्लिन आर्यनका केसी र कुसुम खड्का, मस्ट पंचुअल आरजु अर्याल र रोस्नी गिरी, बेस्ट स्माइल प्रथमा लोहनी र अभिप्सा अधिकारी, मस्ट कन्फिडेन्ट सुभ्ना काप्री र आयुष पाण्डे, चार्मिङ पर्सनालिटी गौरङ श्रेष्ठ र सुसन जोसी, फोटोजनिक आरती अर्याल अभियान पौडेल अंकुर पन्त सेजल कंडेल, मस्ट क्रियटिभ रोसी पौडेल र आदित्य कर्ण र मस्ट इनोसेन्ट विभिका घिमिरे भए ।

सो अवसरमा टिनका उपाधि विजेतालाई नगद १५÷१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र प्राप्त गरे ।

बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई जागरुप गराउन गएको वर्षदेखि यो प्रतियोगिता चितवनमा सुरु भएको थियो । होलिडेज क्रियसन होम प्रालिको आयोजनामा भएको प्रतिस्पर्धामा ४८ जना बालवालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...