मुम्बई इण्डियन्सको पाँचौ हार

Ipl haidarawad

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता मुम्बई इण्डियन्सले पाँचौ हार बेहोरेको छ । यो सिजन खराब लयबाट गुज्रिरहेको मुम्बई मंगलबार राति सनराइजर्स हैदरावादसँग ३१ रनले पराजित हुँदै पाँचौ हार बेहोरेको हो ।

मुम्बईस्थित वन्खेडे क्रिकेट स्टेडियममा पाहुना टोली हैदरवादले दिएको ११९ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १८ ओभर ५ बलमा अलआउट हुँदै ८७ रनमा समेटियो । मुम्बईको लागि सुर्य कुमार यादवले ३४ तथा कुर्नाल पाण्डयले २४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् ।  मुम्बईलाई सस्तैमा समेट्न हैदरावादका सिदार्थ कउलले ३ तथा राशिद खान र बासील थाम्पीले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा अलआउट हुँदै ११८ रन जोडेको थियो । हैदरावादका लागि कप्तान केन विलियमसन र युसुफ पठानले समान २९ – २९ रन जोडे । यस्तै मनिस पाण्डेले १६ तथा मोहमद नाबीले १४ रन बनाए ।

मुम्बईका मायांक मार्कन्दे, मिचेल म्याकक्लेनघन र हार्दिक पाण्डयले समान २ – २ विकेट लिए ।

यो जितसँगै हैदरावाद लिगको तेस्रो स्थानमा उक्लिएको छ । हैदरावादले ६ खेलबाट ४ जितसहित ८ अंक जोडेको छ ।  जितसँगै हैदरावादको प्ले अफ सम्भावना बलियो बन्दै गरेको छ । यता, मुम्बईले ६ खेलबाट २ अंक जोडेको छ । लिगको सातौं स्थानको मुम्बईको प्ले अफ सम्भावना कमजोर बन्दै गएको छ ।

आईपीएल क्रिकेटको शीर्ष स्थानमा किंग्स इलाभेन पन्जाब रहेको छ ।  पन्जाबले ६ खेलबाट १० अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सले ५ खेलबाट ८ अंक जोडेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

ब्रेकिङ : लाग्यो कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू

Kapitbartu karfyu

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि आज साँझ ५ बजेदेखि कर्फ्यू ...