जापानमा सांगीतिक धमाका मच्चाउने सुरमा छन् राजीव लामा

Rajib lama

काठमाडौं । जापानमा बस्दै आएका नेपालीहरुले जापानमा गोल्डेन वीकको अवसरमा भब्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएका छन् । सो अवसरमा नेपाली कलाकारहरुले सांगीतिक धमाका मच्चाउने छन् ।

जापानमा गरिने सो गोल्डेन वीकको अवसरमा गरिने सांगीतिक धमाकाको संयोजन नेपाली संगीतका आईडल पर्सन राजीव लामाले गर्दै छन् ।

जापानमा गोल्डेन वीकको अवसरमा जापानमा एक हप्ता बिदा दिने चलन छ । यही बेला नेपाल र जापानीजहरुलाई एकै थलोका नेपाली संगीतको धुन सुनाइने भएको छ ।

नेपाल म्यूजिक इभेण्ट अर्गनाईजेशनका प्रमुखसमेत रहेका राजीव लामाले यसपटक जापानमा हुने सांगीतिक माहोल तात्ने बताए । त्यसका लागि नेपालका मेलोडियस पप गायक नितेशजंग कुवर, चर्चित ¥यापर भिटेन डिजे शुस्याङ जापान पुगि सकेका छन् ।

सो कार्यक्रममा श्याम शितल, मिरा थापा, छवि लामा र राजीव लामाको बेजोड प्रस्तुति रहने छ । सोही दिन लामाले ‘टोकिया शहरको’ बोलको गीत पनि सार्वजनिक गर्दै छन् ।

लामाले नेपालका कलाकारलाई जापान बोलाएर जापानमा नेपाली संगीतको उचाई बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यो पटक पनि उनले नेपालका ख्यातिप्राप्त कलाकारलाई जापान लगेर सांगीतिक कोसेली पस्किन लागेका छन् । जापानीजहरु नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने भएकाले आफुले यो पटक जापानमा नेपाली सांगीतिक कार्यक्रम गर्न इच्छुक भएको बताए ।

लामा १२ वर्षदेखि जापानमा बस्दै आएका छन् । उनले जापानमा बसेर पनि धेरै गीतहरु सार्वजनिक गरिसकेका छन् । उनका गीतका म्युजिक भिडियो नेपाल र जापानमा छाँयाकंन गरिएका छन् । उनले अब नेपालमा आएर धमकेदार सांगीतिक कार्यक्रम गर्ने तयारीमा आफु रहेको बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...