थाहा पाइराख्नुस् यस्तो छ विश्वका रोचक यौनसम्बन्धिका कानुन

Sex

यौन वा यौन जीवन यस्तो बिषय हो, जसका बारेमा खुलेर कुरा गर्न जो कोहि पनि हिच्चिाउँछ । अझ पूर्वीय सम्यताका देश र समाजमा यौनका बिषयमा खुल्ला बहस अलिक वर्जित नै छ ।

हाम्रो जस्तो देशमा मात्र होइन, पश्चिमा देशहरुमा पनि ठाउँअनुसार यौनका बिषयमा अनौठा र कडा कानुन छन् । विश्वका केही देशहरुका यौनसम्बन्धी रोचक, अनौठा तथा कडा नियम–कानुन छन्, जसलाई विश्वास गर्न गाह्रो हुन्छ ।

अमेरिकाको पश्चिम प्रशान्त सागरस्थित गुआममा पुरुषहरुको जागिर पुरै राज्यमा घुमेर कुमारी युवतीहरुको कुमारीत्व भंग गर्नु हो । यसका लागि उनीहरुलाई कानुनी रुपमै छुट छ । बेलायतको लन्डनमा भने पार्किङ क्षेत्रमा मोटरसाइकलमा यौन सम्बन्ध राख्नु वर्जित छ । त्यस्तै, इन्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा टाउको छिनाएर मृत्युदण्ड दिने कानुन छ ।

बहराइनमा पुरुष चिकित्सकहरुका लागि मेडिकल जाँचका समयमा महिलाको यौनांग हेरेर उपचार गर्न पाउँछन् तर सिधा आँखाले हेर्न भने नपाइने कानुन छ । पुरुष चिकित्सकले ऐनाको प्रयोग गरेर महिलाको यौनांग हर्न पाउँछन् । त्यस्तै लेबनानमा यदि कोही पुरुषले भाले जनावरसँग सहवास गरेको थाहा भएमा उसलाई मृत्युदण्ड दिनेसम्मको सजाय छ । तर, यदि पोथी रहेछ भने सजाय हुदैँन ।

अमेरिकाको वासिंटनमा जनावरसँग मानिसले सहवास गर्न कानुनी मान्यता प्राप्त छ । तर, यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ । बोलिभियाको सान्टाक्रुजमा कुनैपनि पुरुषले एकै पटकमा आमा र छोरीसँग यौन सम्पर्क गर्नु कानुनी रुपमा अपराध मानिन्छ । तर, छुट्टा–छुट्टै ठाउँमा फरक–फरक समयमा आमा–छोरी दुवैसँग यौनसम्पर्क गर्न भने मान्य छ ।

मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन क्रियाकलाप गर्न प्रतिबन्ध छ । यस्तै, अमेरिकाको नेभादामा पत्नीबाहेक अरु कुनै महिलासँग बिना कण्डम यौन सम्पर्क गर्न कानुनी अपराध हो । अमेरिकाकै एरिजोनामा मुखमैथुन गैरकानुनी छ ।

कतिपय मध्यपूर्वका देशहरुमा स्लामिक कानुन अनुसार भेडासँग यौन क्रियाकलाप गर्ने मानिसलाई सजाय स्वारुप त्यही भेडाको मासु खानु पर्छ ।

प्रतिकृया दिनुहोस