सोभिया विरुद्ध बार्सिलोनालाई ५–० को शानदार जित

Messy

काठमाडौं । लुइस स्वरेजले दुई गोलसँगै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । फाइनलमा बार्सिलोनाले सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५–० को जित निकालेको छ ।

मड्रिडमा भएको खेलमा बार्सिलोनाले १४ औं मिनेटमा स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा मेस्सीले गोल गरे । उनको यो सिजनको ४० औं गोल हो ।

खेलको ४० औं मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-० ले अगाडि रहृयो ।

खेलको ५२ औं मिनेटमा एनिष्टाले गोल गरे भने ६९ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले फाइनलमै ५-० को शानदार जित निकाल्यो ।

एथ्लेटिको मड्रिडलाई हराउँदै फाइनलमा पुगेको सेभिया बार्सिलोनाविरुद्ध निकै कमजोर देखिएको थियो । यद्यपि एक गोलले पछि परेको अवस्थामा उसका वाकिङ कोरियाले राम्रो मौका गुमाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...