सिक्किम युनाइटेड क्वाटरफाइनलमा

My vally

इलाम । इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगितामा सिक्किम युनाइटेड क्लब, भारत क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौँलाई १–० को कठिन जित निकाल्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

प्रतिष्पर्धात्मक खेलमा ३१ औं  मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीले गोल गरी अग्रता दिलाएका थिए । पहिलो हाफमा विपक्षीलाई दबाबमा राख्न सफल सिक्किमको उत्कृष्ट प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

दोस्रो हाफमा संकटा खेलमा फर्कियो । उसले आक्रामक शैलीमा खेल प्रदर्शन गर्यो। विपक्षीलाई दबाबमा राख्न सफल संकटाले दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिन बाध्य बन्यो ।

खेलमा सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।

सिक्किमले अब १२ वैशाखमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।

प्रतियोगिताअन्तर्गत आइतबार दुर्गापुर स्टिल टिएसवाई क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

यही १७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टोलीको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु छ लाख ६६ हजार ६६ र उपविजेताले रु चार लाख पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...