के गर्न खोज्दैछन् सिर्जनाले जताततै दियो बालेर ? हेर्नुस् भिडियो

Jata tata  sirjana

काठमाडौं । नेपाली सांगीतिक भीडमा महिला कलाकारहरु कम छन् । त्यसमा पनि निर्देशनको क्षेत्रमा त महिला निर्देशकहरु औलामै गन्न सकिन्छ । त्यसरी औलामै गन्न सकिनेको सुचीमा पर्छिन् सिर्जना पौडेल पनि ।

उनले निर्देशन गरेको नयाँ गीतको म्युजिक भिडियो ‘जता जता दियो बाल्छु त्यतै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसमा उनी आफैंले दमदार अभिनय पनि गरेकी छन् । उनलाई बुद्धवीर थापाले अभिनयमा साथ दिएका छन् ।

जता तता दियो बाल्छु उतै हुरी चल्छ । हुरीले जिन्दगीका सपनाहरु उडाई दिन्छन् । त्यसमा पनि पिरतीमा बालिएको दियो निभेपछि पिरतीको बत्ति बल्ने कुरै भएन । उनले आफ्नो सांगीतिक कोसेलीलाई यसरी नै पस्किएकी छन् ।

मोडलिङ क्षेत्रमा क्रमशः सफलताको पाइला टेक्दै आएकी पौडेलले निर्देशन गरेको यो दोस्रो गीत हो । यसमा अन्जु पन्तको स्वर रहेको छ भने सन्तोष श्रेष्ठले संगीत दिएका छन् । शब्द भने प्रकाश केसीको छ ।

उनी आफैं पनि मोडलिङमा शिखर चुम्दै गरेकी छन् । उनले अन्जु पन्तको ‘मसँग तिमीले’, प्रमोद खरेलको ‘खै कसरी बोलाउ मैले’, श्रेयसी चेम्जोङको ‘यो संसारैमा’ र टिका पुनको ‘दशै आयो तिहार आयो’ जस्ता गीतका म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन् ।

Video

प्रतिकृया दिनुहोस