‘दलितलाई हेर्ने दृष्टिमा फूल र काँडा’ सार्वजनिक

Barali

काठमाडौँ । साहित्यकार रणेन्द्र बरालीद्वारा लिलित ‘दलितलाई हेर्ने दृष्टिमा फूल र काँडा’ विवेचनसंग्रह सार्वजनिक भएको छ ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको रजतजयन्ती समारोह एंव प्रज्ञा सभा र पुस्तक विमोचन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’ र नेकपा एमालेका नेता जितु गौतम लगायतले सामूहिक रुपमा विमोचन गरे ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा प्रकाशित सो विवेचनासंग्रहमा दलित समुदाय बारे लेखिएका सार्वजनिक सरोकारका केही पुस्तक, सम्वन्धीत ऐतिहासिक लेख र केही मर्मस्पर्शी अन्य रचनाको पनि सङ्क्षिप्त सार समेटिएको छ ।

सोही अवसरमा मन्त्री अधिकारीले भने, ‘समान रुपमा अवसरको वितरण हुने गरी समाजिक न्यायसहितको आर्थिक र सम्वृद्धिको बाटोमा मुलुकको अगाडि बढेको छ ।’ कार्यक्रममा  ‘दलित साहित्यिक स्मारिका २०७५’ समेत सार्वजनिक गरियो ।

प्रतिष्ठानले विगत २५ वर्षदेखि दलित समुदायको आफ्नो कला, संस्कृति र मौलिक साहित्यको प्रबद्धधन गर्दै आएको प्रतिष्ठानका अध्यक्ष समेत रहेका साहित्यकार बरालीले जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा वरिष्ठ लेखक जवाहर रोका संस्थापक अध्यक्ष रहेको सो प्रतिष्ठानले अहिलेसम्म २८ वटा पुस्तक र २ वटा डकुमेन्ट्री निमार्ण गरिसकेको छ ।  कार्यक्रममा पत्रकार वुद्धि विश्वकर्मालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा साहित्यकार ‘आहुती’ ले समग्र दलित समुदायको उत्थानका लागि गैरदलित समुदायलाई समेत सँगसँगै लिएर जानुपर्ने धारणा राखे । विस.२००८ मा तनहुँमा जन्मिएका साहित्यकार बरालीद्धारा लिखित नेपालमा ‘अछूत’ जातीय संघर्षको इतिहास ‘आफ्नै व्यथा नाटक, ‘सर्वजीत विश्वकर्माको जीवन’, ‘समुन्द्र पारिको उपहार नियात्रा र ‘हाम्रो संस्कृति र संस्कार आलेख लगायत दर्जन भन्दा बढी पुस्तक सर्वत्र बजारमा उपलब्ध छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...