परम्परागत रुपमै बन्ने भो रानीपोखरी, जेठ १ देखि पुनर्निर्माण

Ranipokhari

काठमाडौं । रानीपोखरी पुनःनिर्माण अब परम्परागत रुपमै हुने भएको छ । रानीपोखरी कंक्रिट प्रयोग गरी आधुनिक शैलीमा बनाउन थालेपछि ब्यापक विरोध सुरु भएको थियो । सोही कारण तीन महिनादेखि यसको पुर्निर्माण रोकिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माण गर्दा परम्परागत शैली मासिएको गुनासो आएपछि निर्माणका क्रममा प्रयोग भएका सामग्री हटाइने निर्णय भएको थियो । आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ ।

पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गएिको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपा प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीच भएको छलफलले आधुनिक निर्माणका सामग्री हटाउने निर्णय गरेको थियो ।

मन्त्री अधिकारीले सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबैलाई सहयोगीरुपमा रहन आग्रह गरेका छन् ।

यसअघि कामपाले विज्ञको सल्लाहअनुरुप पुनःनिर्माण गरिनुपर्ने बताउँदै आएको थियो । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण विभागले गर्दै गरेको भए पनि अन्य सबै काम कामपाको जिम्मामा आएको छ । करीब ४ सय वर्ष पुरानो ऐतिहासिक रानीपोखरी ०७२ वैशाखको भूकम्पले क्षति भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...