गोधूलीको सातौं वार्षिकोत्सव गरियो ३ जनालाई अभिनन्दन

Godhuli samman

काठमाडौं । गोधूली साहित्यिक प्रतिष्ठानले सातौं वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले शुक्रबार गरेको वार्षिकोत्सवमा तीन जनालाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले प्रा.डा. उषा ठाकुरलाई गोधूली दीर्घ साहित्यसेवा, स्नेह पोखरेललाई गोधूली दीर्घ समाजसेवा र कलाकार गेहेन्द्रमान अमात्यलाई गोधूली दीर्घ कलासेवा अभिनन्दन गरेको हो ।

प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने नगद १० हजार नगद सहितको ओली–भद्र–गोधूली आदर्श आमा पुरस्कारबाट साहित्यकार तथा समाजसेवी बसुश्री पाण्डेलाई प्रदान गरेको छ । १० हजार राशीकै गोधूली तुल–सुन्दरमाया पुरस्कार समाजसेवी राधा भण्डारीलाई प्रदान गरेको छ ।

त्यसैगरी अन्य १० जनालाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’, साहित्यकार ललिता दोषी, साहित्यकार ई. राजेन्द्रप्रसाद पौडेल, कल्पना अधिकारी, भाषा साहित्यसेवी तथा समाजसेवी उर्मिला डंगोल, कलाकार राजन भुजेल विश्वकर्मा, राजेश मानन्धर, पत्रकार मोहन कार्की, समाजसेवी विरेन्द्र लकान्द्री र युवा गजलकार देव ‘सागर’ छन् ।

उनीहरुलाई कानुन, न्याय तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले सम्मान पत्र प्रदान गरे ।

सो कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार सुश्री भद्रकुमारी घले, प्रा.डा. उषा ठाकुर, समासेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङ, पुरुषोत्तम पोखरेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा ई. राजेन्द्र पौडेलको कविता कृति अन्तर्मनका सुसेलीको विमोचन समेत गरिएको थियो । कार्यक्रम प्रतिष्ठानका मानार्थ सदस्य लक्ष्मी उप्रेतीको सभापतित्व तथा अध्यक्ष प्रकाश समीरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...