नृत्यमा धुम मच्चाउँदै अमृता, जसको भारतसम्मै चुलियो चर्चा

Amrita adhikari

कपिलबस्तु । नपत्याउने खोलाले बगाउँछ भनेझै भएको छ अमृता अधिकारीका लागि । जसलाई केही वर्षअघिसम्म कसैले नृत्य गर्छु भन्दा पत्याउँदैनन् थिए । आज सबैको तारिफयोग्य बनेकी छन् ।

बुटवल उपमहानगरपालिका वार्ड नं. १२ नयाँगाउँमा जन्मिएकी अमृता सानैदेखि नृत्य त गर्थिन् । तर, उनको नृत्य सीमित घेरामा थियो । उनी गुमनामझैं थिइन् । अहिले भने उनी नेपाल र भारतका विभिन्न सहरहरुमा चर्चित बनेकी छन् ।

०७३ मा वुटवलमा भएको बुटवल आईडल बनेपछि त उनको चर्चा चुलिएको छ । उनीसँगै सरीता भुषाल बुटवल पनि आइडल बनेकी थिइन् । उनी अहिले भारतको चण्डिगढ र लुधियानामा बारम्बार आफ्नो नृत्य प्रस्तुत गरेर धुम मच्चाइरहेकी छन् । 

यतिबेला उनी वुटवल आसपासका क्षेत्रमा त नृत्यप्रेमीहरुको मनमा बस्न सफल भएकी नै छन्, त्यसका अलवा भारतका लाखौं दर्शकले उनको नृत्यलाई मन पराइदिएका छन् ।

उनले नृत्यमा धुम मच्चाउन थालेको धेरै पनि भएको छैन । करिव एक वर्षको आसपासमा उनलाई सबैले कुसल नृत्यांगाना भनेर चिन्छन् । ‘बाल्यकालदेखि नै म एउटा असल डान्सर बन्छु भन्ने मेरो सपना थियो’ उनले भनिन्, ‘अहिले केही सपना पूरा भएको छ, अझैं नृत्यमार्फत धेरै चिनिन बाँकी छ, जुन म पूरा गर्छु ।’

उनी गीत संगीत मन पराउँछिन् । तर, उनले यसलाई व्यवसायीक बनाउन भने सकेकी छैनन् । उनी अहिले नृत्य पेशाभन्दा फरक काम गर्न खोज्दै छन्, जुन स्वास्थ्यसँग सम्बन्धित छ । उनी इन्टरमिडिएट पास गरेर ल्याव टेक्निसियनको पढ्ने तयारीमा लागेकी छन् । ‘म दुबै पेशालाई सँगसँगै लैजान सक्छु भन्नेमा छु’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...