पर्यटन प्रबर्धन गर्न काँकरभिट्टा - श्रीअन्तु पदयात्रा

Padyatra trekking

झापा । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ ।

‘‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो ।

पदयात्रामा नेपाल, भारत, बंगलादेश र भुटानका ७० जना पर्यटनविज्ञ तथा पत्रकार सहभागी हुने पदयात्रा कार्यक्रमका सञ्चार संयोजक सन्तोष सुवेदीले जानकारी दिए । वैशाख ७ गते काँकरभिट्टाबाट शुरु हुने तीन दिवसीय पदयात्राको पहिलो दिन सकलपुरमा बास बसेर दोस्रो दिन श्रीअन्तु पुग्ने तथा तेस्रो दिन बिहान सूर्योदयको दृश्यावलोकन गरी समाप्त हुनेछ ।

पदयात्रा बाहुनडाँगी बजार–मिनिमाउण्टेन–कृष्णथुम्की हुँदै सकलपुर र सलकपुरबाट सिद्धिखोला र मेची खोलाको दोभानमा सामूहिक स्नान गरी सुङतुङ हुँदै श्रीअन्तु पुगेर समाप्त हुनेछ ।

ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुनकुमार कार्कीले सो पदमार्गमा रहेको जैविक विविधता र मेची करिडोरको अध्ययन गर्न पदयात्रा गर्न लागिएको बताए । ‘पदमार्गको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यदयात्रा गर्न लागिएको हो,’ उनले भने, ‘पर्यटनको माध्यमबाट यहाँको आर्थिकस्तर उकासिने हामीले अपेक्षा गरेका छौँ ।’

पदयात्रा सम्पन्न गर्न ८ लाख २७ हजार अुनमानित खर्च हुने संस्थाका महासचिव पुष्कर ढकालले बताए । पदयात्राका आयोजनाका लागि झापाको मेचीनगर नगरपालिका, इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, शुभ चिया सहकारी संस्था, मिनि माउण्टेन पर्यटन विकास समितिलगायत संघ संस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...