आईपीएल क्रिकेट : बैंग्लोरविरुद्ध मुम्बई ४६ रनले विजयी

Ipl

काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४६ रनले हराएको छ ।

मंगलबार राति भएको खेलमा बैंग्लोरका कप्तान विराट कोहलीले नटआउट ९२ रन बनाए पनि हार टार्न सकेनन् ।

 पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा २१३ रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याएको बैंग्लोर ८ विकेट गुमाउँदै १६७ रनमा समेटियो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ९४ रनको योगदान गरे । ५२ बल सामना गर्दा उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । रोहति प्लेयर अफ दी म्याचसमेत बने ।

यसैगरी सूर्यकुमार यादवले ६५, हार्दिक पाण्ड्याले १७ र कुनाल पाण्ड्याले १५ रन बनाए ।

बलिङतर्फ बैंग्लोरका उमेश यादव र कोरी एन्डर्सनले समान २-२ विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...