आईपीएलमा हैदरावादको लगातार तेस्रो जित

Haidara

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई % विकेटले हराएर सनराईजर्स हैदरावादले लगातार तेस्रो जित दर्ता गरेको छ । कोलकाता भने लगातार दोस्रो पटक हारेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । जवाफमा हैदरावादले १९ ओभरमा जित निकाल्यो । कोलकाताविरुद्ध इडन गार्डेन खेल मैदानमा हैदरावादको पहिलो जित हो । यसअघि यो मैदानमा हैदरावादले एउटा पनि खेल जितेको थिएन ।हैदरावादको जितमा केन विलियमसनले सबैभन्दा धेरै ५० रन बनाए ।

कोलकाताका लागि सुनिल नरेनले सबैभन्दा धेरै २ विकेट झारे ।कोलकाताले ३२ रनमा पहिलो विकेट गुमाएको थियो । ऋद्धिमान साहा २४ रन बनाएर आउट भए । साहाले १५ बलमा पाँच चौका हाने । सुनिल नरेनले उनलाई आउट गरेका थिए । त्यसपछि सुनिलकै बलमा शिखर धवन ७ रन बनाएर आउट भए त्यतिबेला कोलकाताको कुल स्कोर ४२ थियो ।

कुलदिप यादवले ५५ को कुल स्कोरमा मनिस पाण्डेलाई पवेलियन फर्काए । यतिबेला हैदरावादको टिम संकटमा थियो । तर कप्तान विलिमसनले शाकिब अल हसनसँग ७७ रनको साझेदारी गरे । हसन २७ रनमा आउट भए । उनलाई पियुष चावलाले बोल्ड गरे । हसनको विकेट ११४ रनको कुल स्कोरमा गुम्यो । विलियमसन १८ ओभरको दोस्रो बलमा आउट भए । उनले चार चौका र एक छक्काको मद्दतमा ५० रनको योगदान गरे ।

युसफ पठानले अन्तिममा सात बलमा दुई चौका र एक छक्काको मद्दतमा १७ रन बनाउँदै हैदरावादलाई जिताए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको कोलकाता नाइट राइडर्सले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । हैदरावादको सबैभन्दा सफल बलर भुवनेश्वर कुमार रहे जसले चार ओभरमा केबल २६ रन दिए र तीन विकेट झारे ।

शाकिब अल हसन र बिलि स्टानलेकले ४–४ ओभरमा २१ रन खर्चिएर २–२ विकेट लिए ।

प्रतिकृया दिनुहोस