आईपीएलको नाममा जुवा, एकै खेलमा करोडौं हारजित

Ipl baji

वीरगन्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा त्यसैका नाममा करोडौँको जुवा चलिरहेको छ। आईपीएलका हरेक खेलमा हारजितका लागि अवैध जुवा खुलेआम चलाइएको हो ।

आईपीएलको सट्टाबाजीमा वीरगन्जमा मात्रै दैनिक अधिकतम् एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ। आइपिएलमा हारजितको बाजी लगाउनेमा यहाँका क्रिकेट प्रेमी युवा मात्र नभई औद्योगिक घरानाका व्यपारी, राजश्व छलेर सामान भित्रयाउने तस्कर, नेता र ठेकेदारसमेत छन्।

वीरगन्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरुले लागि गोप्यरुपमा कार्यालय नै सन्चालन गरेका छन्।आईपीएल म्याचमा हारजीतको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यपारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रमा कोठा भाडामा लिएर दलालहरुले गोप्य रुपमा सट्टाबाजीको कार्यालय सञ्चालन गरेका हुन्।

सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ ।
वीरगन्जमा आईपीएल सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरु दलाल मात्रै हुन्। सट्टाबाजको मुख्य गिरोह भारतको राजस्थानस्थित जयपुरमा छ । जयपुरमा रहेका सट्टाबाजको गिरोहले वीरगन्जमा ६ जना व्यक्तिलाई दलाली गर्ने जिम्मा दिएका छन्।

कसरी लगाइन्छ बाजी ?
वीरगन्जका बुक्कीहरुले सट्टाबाजी खेल्ने जुवाडे (ग्राहक) हरुले लगाएको बाजीको रकमबारे जयपुरका सट्टेबाजलाई फोनमार्फत जानकारी गराउँछन्। हारजित भएपछि बाजी जित्ने ग्राहकलाई रकम भुक्तानी दिने र हार्ने ग्राहकले जम्मा गराएको रकम जयपुर पठाउने काम बुक्कीहरुले गर्छन् । दलाली बापत बुक्कीहरुले निश्चित रकम कमिशन पाउँछन्। बाजी लगाएको रकमको २० प्रतिशत कमिशन बुक्कीहरुले लिन्छन्।

आईपीएलको हरेक म्याचमा वीरगन्जका एक बुक्कीलाई १५ देखि २० लाख रुपैयाँ आम्दानी हुन्छ। बुक्कीले जयपुरमा रहेका मुख्य गिरोहलाई न्यूनतम २० देखि २५ लाख भारु धरौटी जम्मा गराएपछि मात्र सट्टाबाजको धन्दा चलाउने अनुमति पाउँछ।

यसरी हुन्छ जुवा
वीरगन्जमा एक म्याचमा एक बुक्कीमार्फत अधिकतम ५० लाख रुपैयाँसम्मको सट्टाबाजी लाग्ने गरेको छ। सट्टाबाजी प्रत्येक म्याचमा खेल्ने टीमको हारजित, ओभरमा बन्ने रनको संख्या, खेलाडीले बनाउने व्याक्तिगत रन र विकेटका लागि लाग्ने गरेको छ।

हारजितको बाजी लगाउने जुवाडेले बुक्कीको कार्यालयमा न्युनतम् १० हजार रुपैयाँ धरौटी जम्मा गराएर आफनो मोबाइल नम्बर टिपाउनु पर्छ। धरौटी रकम जम्मा गराएर मोबाइल नम्बर टिपाएपछि मात्रै बुक्कीले आफनो गोप्य मोबाइल नम्बर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँछन्। बुक्कीले अग्रिम रकम जम्मा गराएको व्यक्तिबाहेक अरु कसैसँग सट्टाबाजी नै लगाउदैनन्।

आईपीएलमा सट्टाबाजी लगाउँदै आएका मु्र्ली श्रीपुरका क्रिकेट प्रेमी एक युवक भने, ‘बुक्कीको मोबाइलमा जसको नम्बर सेभ छ, उसले मात्रै बाजी लगाउन पाउँछ, नम्बर सेभ छैन भने फोन गर्दा बुक्कीले कल नै रिजेक्ट गरिदिन्छ।’ ‘१० हजार भन्दा कम रकमको बाजी बुक्कीले लगाउदैनन्’, उनले भने, ‘मैले पनि उद्घाटन खेलमा मुम्बई इण्डियन्सको पक्षमा २० हजारको बाजी लगाएको थिएँ, तर हारेँ। अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...