डिपिएल धनगढीद्धारा काठमाडौँलाई १८२ रनको लक्ष्य

Dpll

धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ ।

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय ग¥यो । निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो ।

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र ८ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै ४ छक्का र ४ चौका हाने । सोमपाल कामीले अविजित रहँदै ८ रन बनाए ।

बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।अहिले काठमाडौँ गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...