डिपिएल पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै

Dpl

धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ ।

२५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेपछि धनगढीले ब्याटिङ गरिरहेको छ । धनगढी डिपिएलको गत संस्करणको विजेतासमेत हो ।

बिहीबार महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै प्ले अफअन्तर्गत गत मंगलबार पहिलो क्वालिफायरमा काठमाडौँलाई एक विकेटले हराउँदै धनगढीले फाइनलको यात्रा तय गरेको थियो ।

धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौँको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । धनगढी प्रिमियर लिग गत चैत १७ गतेदेखि शुरु भएको हो । प्रतियोगिताको उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...