के छ दिपेशको ‘सधैं सधैं’ मा ? हेर्नुस् भिडियो

Dipesh sunuwar

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा धेरै आए, केही समय उधुम मच्चाए र सेलाए । केही यस्ता छन्, जो आफुलाई यही क्षेत्रमा न उधुम मच्चाउन सक्छन्, न विलय भएरै जान्छन् ।

अर्थात् धिमेधिमे तरीकाले गीत संगीत क्षेत्रमै रमाइरहेका हुन्छन्, आफुलाई यसैमा समर्पित गरिरहेका हुन्छन् । यही कोटीमा पर्छन् दिपेश सुनुवार । उनी यस्ता युवा प्रतिभावान व्यक्ति हुन्, जसले गीत संगीतकै क्षेत्रमा सुस्तरी सुस्तरी आफ्नो पाइला अघि बढाइरहेका छन् ।

उनी एक संघर्षशील युवा हुन्, जसले आफ्नो कलिलो गायन यात्रामा धेरै कोसेली पस्किएका छन् । यसले उनलाई गीत संगीतको क्षेत्रमा संघर्षरत प्रतिभाको रुपमा उभ्याइरहेको छ ।

यही क्रममा उनले नयाँ वर्षको छेको पारेर नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेका छन् । उनले पूर्वी नेपालको धरानका आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको ‘सधैं सधैं’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

‘सधैं सधैं’ को शब्द, संगीत र स्वर दिपेशकै छ । रामेछापमा जन्मिएका सुनुवारले ‘सधैं सधैं’ लाई सबै दर्शक स्रोताको मनमा बस्न योग्य बनाउन पूर्वको रमणीय सहर धरान र यस आसपासका दृष्य कैद गराएका छन् ।

डिआर क्रियसनले बजारमा ल्याएको ‘सधैं सधैं’ मा मारिया लिम्बु र एहाङ लाबुङले दिपेशका भावनालाई सुट गर्नेगरी अभिनय गरिदिएका छन् । यसअघि उनले दुई दर्जनभन्दा बढी गीतका म्युजिक भिडियो बजारमा ल्याएका थिए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...