क्षितिजाको अनलाइन फेसन डिजाइन

Sakya

काठमाडौं । नेपालकी चर्चित नायिका एवं मोडल तथा डिजाइनर क्षितिजा शाक्य यतिखेर अनलाइन फेसन डिजानिङमा निक्कै व्यस्त बनेकी छन् ।

दर्जनौँ चलचित्र तथा विभिन्न विज्ञापनको मोडलिङबाट अफर आइरहेता पनि त्यस कार्यमा नायिका शाक्यले समय दिन सकेकी छैनन् । अनलाइन फेसन डिजाइनको कामले आफू यतिखेर अत्यन्त व्यस्त बनेकोले चाहेर पनि चलचित्र तथा मोडलिङमा समय दिन नसकेको बताएकी छन् ।

अनलाइन फेसनको डिजाइन अमेरिका, बेलायत, जर्मन, जापान, हङकङलगायत मुलुकबाट निक्कै आइरहेको र ती मुलुकका क्लाइन्टहरूको डिमान्डअनुसारको फेसन डिजाइनिङ गर्ने दिनरात नभनिकन गरिरहेको पनि उनले कुराकानीकै क्रममा सुनाएकी छन् ।

फरक ढंगबाट गरिएका नायिका शाक्यका फेसन डिजाइनले विभिन्न मुलुकमा हाल चर्चामा पनि रहेको छ । ती डिजाइनबाट राम्रो नाम तथा दाम दुवै पाएबाट निक्कै हौसिएकी उनले टाइममा फेसन डिजाइनिङ कोर्समा डिप्लोमा गरेको भएकोले अहिले यसलाई प्रयोग गर्न पाएको तथा स्वरोजगार बनेर धेरैलाई रोजगारी दिन सफलता पाएको पनि भनेकी छन् ।

क्षितिजा इन्टरनेसनल क्रियसनमार्फत अनलाइन फेसन डिजाइन गरेर अनलाइन अर्डर तथा सप्लाई गर्ने कार्य गर्दै आएकी उनलाई हाल भ्याइनभ्याइ भएको छ ।

 

प्रतिकृया दिनुहोस