पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने : अध्यक्ष दाहाल

Pkd 12

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताएका छन् । 

नेपाल एसोसियसन अफ ¥याफटिङ एजेन्सिज (नारा) द्वारा आज यहाँ आयोजित साहसिक जलयात्रा (¥याफटिङ) पर्यटन  वर्तमान र भविष्य विषयक अन्तक्रिया कार्यक्रममा उहाँले प्राकृतिक सम्पदाले भरिपूर्ण भएको नेपालमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे । 

अध्यक्ष दाहालले छिमेकी राष्ट्रहरुलाई मात्र लक्षित गरी निश्चित प्रतिशत पर्यटकलाई नेपाल आउने वातावरण बनाउन सकेमा देशको आर्थिक स्थिति मजबुद हुने विचार राखे । 

नेपाली काँगेसका केन्द्रीय सदस्य गगन थापाले पर्यटन नै देश विकासको मुख्य औजार भएकाले यसको विकासतर्फ सवैको ध्यान केन्द्रित हुनुपर्ने भनाइ व्यक्त गरे । 

त्यस्तै नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महतले राज्यले नदी नालाको बारेमा छुट्टै नीति बनाउनुपर्ने भन्दै धादिङ जिल्लामा बगेको नदीलाई हाइड्रोको स्वीकृति दिन नहुने विचार व्यक्त गरे । 

ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले आफुखुसी ¥याफटिङ सञ्चालन गर्नेहरुलाई राज्यले नियन्त्रणमा लिनुपर्ने भन्दै ¥याफटिङ गर्न लायक स्थानहरुमा जलविद्युत् उत्पादन गर्न नहुने विचार व्यक्त गरे । 

प्रतिकृया दिनुहोस