गर्मीमा ड्रेस र मेकअपमा यी कुरा ध्यान दिनुस्, नत्र तपाईले...

Winter  makeup

काठमाडौं । यतिवेला काठमाडौंबाहेक तराईका क्षेत्रमा गर्मीले बसिसक्नु छैन । गर्मीमा आउने पसिनाले मानिसको जिउ नै भिजेको हुन्छ ।

यस्तो बेला अर्थात् प्रचण्ड गर्मीमा पनि महिलाहरुले मेकअप गरेका हुन्छन् । कतिपय महिलालाई त गर्मीमा कस्तो मेकअप गर्ने भन्ने पनि थाहा नहुन सक्छ । कतिलाई चाँही गर्मीको बेला मेकअप नै गर्नु हुँदैन भन्ने पनि छ । तर, यो पनि जानी राख्नुस् की गर्मीमा हल्का मेकअप गर्दा राम्रो हुन्छ ।

हेभी मेकअप गर्दा पसिनाले बिग्रिने पनि डर हुन्छ । त्यसैले समय अनुसार मेकअप गर्दा उपयुक्त हुन्छ । गर्मीको समयमा शरीरबाट बढी पसिना बग्ने समस्या हुन्छ ।

गर्मीमा गर्ने मेकअपमा विशेष ध्यान दिन जरुरी हुन्छ । गर्मी मौसममा शरीरका अधिकांश भाग नछोपिने गरी ड्रेसअप गर्छन् । ड्रेसअप गर्दा पनि मौसमलाई विशेष ख्याल गर्न जरुरी हुन्छ ।

के कुरामा ध्यान दिने त ?
–मान्छेको नजर सबैभन्दा पहिले आँखामा पर्छ । त्यसैले आँखाको मेकअपमा विशेष ख्याल राख्नुपर्ने हुन्छ । आँखाको मेकअप जहिले पनि सिम्पल र सुहाउँदो हुनुपर्छ ।

–सबै मेकअप सामान वाटरप्रुफ प्रयोग गर्दा प्रभावकारी हुन्छ । वाटरप्रुफ मेकअपलाई पसिनाले बिगार्ने डर हुँदैन । यस्ता मेकअप सामग्रीले मेकअपलाई नेचुरल देखाउन पनि सहयोग गर्छ ।

–सबै भन्दा ड्रेसअनुसारको मेकअप गर्नुपर्छ । यदी मेकअप गर्दा ड्रसअपलाई ध्इान दिनुभएन भने तपाईले गरेको मेकअप पात झरेको रुखझैं हुनसक्छ ।

–गर्मी मौसममा बजारमा अनेक थरीका कपडा उपलब्ध हुने भएकाले छनोटमा विशेष ख्याल गर्नुपर्छ । ब्रान्ड हेरेर कपडा छनोट गर्दा राम्रो हुन्छ ।

–मेकअप गरेपछि मेकअप स्प्रे गर्न पनि सकिन्छ । यसो गर्दा मेकअप लामो समयसम्म टिक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...