डिपिएल काठमाडौँद्धारा धनगढीसामु १२८ रनको लक्ष्य

Dpl

धनगढी । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु १ सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय २७ रन बनायो ।

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।

बलिङतर्फ धनगढीका लागि सोमपाल कामी र ललितसिंह भण्डारीले दुई/दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक/एक विकेट लिए ।

अहिले धनगढीले जवाफी ब्याटिङ गरिरहेको छ । धनगढीले १३ ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको छ । रोहन मुस्तफा ३३ र सुनिल धमला १३ रन बनाएर आउट भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...